प्रतिनिधिसभा विघटनको बिरुद्ध बेनिघाट रोराङमा माओबादीको राके जुलुस।

प्रतिनिधिसभा विघटनको बिरुद्ध बेनिघाट रोराङमा माओबादीको राके जुलुस।

कुरिनटार-पछिल्लो बिकसित राजनैतिक घटनाक्रमको बिरोधमा माओबादिको भातृ संगठन वाइसियलले धादिङको बेनिघाट रोराङ लगायत विभिन्न स्थानमा राकेजुलुस प्रदसन गरेको छ।                                                                          गाउँपालिकाको वडा १० स्थित चितवन र धादिङको सिमा क्षेत्र साथै धादिङबेसि लगाएत क्षेत्रमा राके जुलुस प्रदसन गरिएको हो।     प्रधानमन्त्री  खड्क प्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले अवैधानिक रुपमा संसद विघटन गरेको भन्दै  विपक्षी मोर्चा आन्दोलनमा उत्रिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानीमै राँके जुलुशदेखि राष्ट्रपति कार्यालयसम्म प्रदर्शन गरिरहेको छ। वाइसियलले पनि देशको फरक फरक स्थानमा आज बिरोध प्रदर्सन गरेको छ।