अरुणा आयुर्वेदद्धारा प्रेस युनियन चितवनलाई स्वास्थ्य सामाग्री सहयोग

अरुणा आयुर्वेदद्धारा प्रेस युनियन चितवनलाई स्वास्थ्य सामाग्री सहयोग

चितवन, १३ जेठ ।

नेपाल प्रेस युनियन चितवनलाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । नारायणगढमा रहेको अरुणा आयुर्वेद औषधालयले स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोनाको कहरमा अग्रपंतीमा खटिने पत्रकारको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको औषधालयका संचालक बाल गोपाल श्रेष्ठले बताउनुभयो ।

जोखिममा रहेका पत्रकारको लागि रिर्पोटिङमा जान सहज होस भनि स्वास्थ्य सामाग्री सहयोग गरिएको उहाँको भनाई छ । अरुणा औषधालयले एक हजार पिस मास्क, ५० थान एन ९५ माक्स, ७० वटा सेनिटाइजर लगाएत स्वास्थ्य सामाग्री सहयोग गरेको हो । उक्त स्वास्थ्य सामाग्री नेपाल आयुर्वेद औषध व्यवसाय संघ चितवनका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका संचालक बाल गोपाल श्रेष्ठले प्रेस युनियन चितवन जिल्ला अध्यक्ष अनिल ढकाललाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रेस युनियन जिल्ला अध्यक्ष ढकालले स्वास्थ्य सामाग्रीका कारण कोरोना महामारीमा पनि निरन्तर अग्रपंतीमा खटिने पत्रकारका लागि वितरण गरिने बताउनुभयो । औषधालयले विभिन्न किसिमका दिर्घरोगको सफल उपचारका साथ साथै परामर्श गर्दै आएको छ ।