प्रकृति, मानव र नेपाली सन्दर्भ

प्रकृति, मानव र नेपाली सन्दर्भ

कैलाश काेइराला

विश्वको उत्पति तथा मानव उत्पति कसरी भयो “चाल्ड्र डार्बिनले ” यस विषयमा केहि प्रकाश पारेका छन्। यो एउटा प्राकृतिक घटना हो विभिन्न पदार्थको निहारिका आकारको आकस्मीक मिश्रणवाट पृथ्वी वनेको छ त कहिले ? इतिहास देखि यस प्रकारको घटना ले जीव पैदा भएको छ, लामो प्रर्कियावाट मानव ।( डार्बिन को जीव उत्पति ) त्यस अनुसार प्रकृतिको लगातार विरोधको वावजुद मानिसले सवै विकास प्रकृतिमाथि विजय प्राप्त गर्ने चेष्टावाट भएको छ। हाम्रा पूर्वजहरुले विश्व र देशको रहस्य,भुत ,वर्तमान एवं भविष्यमा यसको किन र कहाँवाट भनेर सम्झाऊन प्रयास गरे भने सिधै परिणामा कठिन अभाव हुन सक्छ, प्रत्येक मानिसले यिनै प्रश्नको आफ्नो तरिकाले समाधान खोज्छ र गर्दछ। यहि कारण हो विभिन्न धार्मिक मत र दृष्टिकोण हाम्रा यति विधि अन्तर हुनु र झगडा र वैमनस्यता देखा पर्नु, केवल पुर्व र पश्चिमको दर्शनमा मदभेद छैन प्रत्येक गोलार्धमा आफ्नो विभिन्न मतको आपसमा अन्तर छ। निरलव स्वामीको पुस्तक “सहज ज्ञान” विश्वास र अविश्वास खतरनाक हो, यसले मस्तिष्कको मुढ र मानिसलाई प्रतिक्रियावादी बनाइदिन्छ, विश्वासले कष्टलाई हल्का बनाइदिन्छ । त्यसैले त ईश्वर मानिसलाई अत्याधिक सान्त्वना दिने एउटा आधार हुन सक्छ।
हावाहुरी र तुफान मा पनि आफ्नो खुट्मा खडा रहनु कुनैवच्चाको खेल होईन। परिक्षाको त्यस घडीमा यदि “अहंकार”छु भन्ने मानियो भने त्यो “भाव” मात्र वनेर जान्छ, निष्कर्ष निस्किन्छ उसमा सिर्फ अहंकार होईन कुनै आर्को शक्ति छ। नीरोले एउटा रोम जलाएका थिए, उनले थौरै संख्यामा मानिसको हत्या गरेका थिए आफ्नो पुर्ण मनोरञ्जनकाे लागी, उसको इतिहासमा स्थान के छ ? इतिहासकारले उसलाई कुनै नामले बाेलाउछन्, उसको निन्दा गरेर कालो पोतिन्छ, बस् निरो एक हृदयहीन निर्दयी दुष्ट हो। आन्तरिक झगडाले अति कमजोर भएको फ्रान्सलाई उढाई ईङ्गलैण्ड बाहेक समस्त युरोप जिति केहि कालको लागी उसलाई सर्वेसर्वा बनाउने कोर्सिकाको एक साधारण नागरिक थिए नेपोलियन वोनापार्ट उनको भनाइ छ “आर्मि मार्चेज ईन इट्स स्टोम्यक्र”अर्थात,( फौज पेटमा हिड्दछ) उनि फ्रान्सका वादशाह भय र सन् १८१४ बटरलुको युद्दमा अङ्ग्रेजसँग हारी बन्दी भए । पहिलो विश्व युद्धमा नेपालले विना शर्त ब्रिटेनलाई गोरखा भर्ति केन्द खोलि पल्टनमा भर्ति हुनदियो । बिर्टेनको रक्षा विशेषज्ञ “डेभिड ग्रिन उडले” त्यहि नीति अपनाउनु पर्दछ भनेर लेखेका छन् ।१८१२\१३तिर युरोपमा अङ्ग्रेज र फ्रेन्चका बिच मारामार थियो, अङग्रेजकाे ज्यानि दुश्मन गनिएको “फेन्चलाई” नेपालमा रास्ट्रसेना सजाउन वोलाउनुले अङ्ग्रेजको नेपाल प्रतिको भावना वुझ्न सकिन्छ, चिनिया जनरल टुङथ्थाङ र च्यानचुनको नेतृत्वमा ठुलो चिनिया फौजले नेपाल माथि १८४९ सालमा आक्रमण गरेको छ। हिटलरको जर्मन सेनालाई रसियनले स्टालीन गार्डमा घेरे झै ३ बर्षसम्म रास्ट्र फौजले किल्ला काँगडामा घेरेको बुझिन्छ। १८२४ पछि १८७१ साल कात्तिकमा नेपाल इस्ट इन्डिया कम्पनिबिच लडाइँ भएको छ। शक्ति वन्दुकको मोहरीवाट निस्कन्छ भन्ने माउत्सेतुङ र श्री ५ पृथ्विनारायण शाहको विचार कतै मिल्दोजुल्दो पाइन्छ । पृथ्विनारायण शाहले कौट्यिकी निति अपनाए र नेपालीको एकिकरण गरेको बुझिन्छ भने मेक्याभेलिको निति अनुकरण गरि श्री ३ चन्दशमशेर ले छरछिमेकसँग चोचोफोझो मिलाई राणा व्यवस्था मजवुत पारि नेपालको स्वतन्त्रता कायम राखेको पाईन्छ।
पृथ्वीनारायण शाहले दल,वल,छल, कटिबद्ध, धर्मशास्त्रको प्रयोग मनग्य गरेको पाइन्छ।”बल”को अर्थ खालि मुढेबल मात्र होईन,जुक्ति र बुद्धीलाई पनि बल मानिन्छ ,”छल” जालझेल मात्र होईन। “दल” गिरोह मात्र होईन, तेस वेला दल भनेको विभिन्न थरका नेपाली मिलि एकिकरण युद्धमा लडाइँ लड्नेलाई दल भनिन्थ्यो ।१९१२ सालको नेपाल – तिव्वत सन्धि अनुसार ल्हासास्थित नेपाली नागरिकको भोटिनी स्वास्निवाट छोरा जन्मे नेपाली र छोरी जन्मे तिब्वती हुन्थे। ईशाभन्दा ५२०वर्ष अघिदेखि १८औँ शताब्दीसम्म नेपाल उपत्यकाका घरमा, विद्या, शिल्प व्यापारको केन्द्र हुँदा काशी, कश्मिर, तिव्वत र चीननवाट तीर्थयात्री विद्धान र व्यापारिहरु यहाँ आउँदथे। यस्ता आगन्तुकहरुले नेपालमा घरभन्दा धेरै सुनको गजुर र छाना भयका मन्दिर र अनुपम सस्कृति भाषा विद्या र शिल्प देखी प्राचिन ईतिहास पढी “अजीव नेपाल” भन्ने गर्दथेँ । आज छल,जालझेल ,दलको प्रयोग के का लागी ? निरोले मनोरञ्जनका लागी” प्राचिन रोम” जलाएजस्तो सत्ताको मनोरञ्जनको लागी ” अजीव नेपाल” समाप्तिको यात्रा ।हीरेन मुखर्जीले जवाहरलाल नेहरुको विषमा भनेका छन् , नेहरु सफल राजनेता हुन सकेनन् किनकि राजनितीमा सफलताका लागि जुन असभ्यता चाहिन्छ नेहरु उसका लागि सर्वथा अयोग्य थिए । यो कथन सन्त नेता कृष्णप्रसाद भट्टराईमा लागु हुन सक्छ । महामारीलाई सिर्फ शालिनताले वचाउँछ, अल्बेयर काम्युले ठिक भनेका छन्, जति हामीलाई अक्सिजनको आवश्यकता हुन्छ, उति नै सभ्यताको, शालिनताको विरल छ यो । घुस्सा, कटाक्ष, कटुता, भाषाक्षत विक्षत भएको छ । मिध्याचारीहरुले मुर्छित वनाइदिएका छन्। दोस्रो विश्व युद्धमा प्रधानमन्त्री चर्चिलले राष्ट्रपति रुजवेल्टलाई “हतियार दिनुस् म काम तामेल गर्दछु भनेथे” आज नेपालको अवस्था तेस्तै छ। जे गर्दा देशको स्वार्थ साँधिन्छ भने कोहि पनि देशभक्त हच्कन हुँदैन ।
“त्यो नै ध्रुव सत्य हो” ।।