कोरोना संक्रमित भएकै स्थानमा पुगेर सहयोग गर्दै अधिकारी समाज मकैसिङ।

कोरोना संक्रमित भएकै स्थानमा पुगेर सहयोग गर्दै अधिकारी समाज मकैसिङ।

बिशाल अधिकारी- मकैसिङ                                                             गण्डकी गाउँपालिका १ मकैसिङमा कोरोना भाइरसको दोश्रो भेरिएन्टको कारण संक्रमित सङ्ख्या ह्वात्तै बढेपछी संक्रमित भएकै स्थानमा पुगेर स्वास्थ जाँच र स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न थालिएको छ।                                                                                            केही दिन अघि कन्ट्याक्ट् ट्रेसिङमा परेका ५८ जनाको नमुना परिक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएपछी त्रसित बनेका गाउले लाई अधिकारी समाज मकैसिङ बाट करिव एक लाख ५२ हजार बराबरको स्वास्थ सामाग्री  बितरण गरिएको हो। अधिकारी समाजका कपिल अधिकारी, कुलदिप अधिकारी, रामसरण अधिकारी सहित अन्य सदस्य हरु स्वास्थ्य सुरक्षा र सतर्कता सहित संक्रमित भएकै स्थानमा पुगेर सहयोग बितरण गरिएको हो।                                                                                     साथै  मकैसिङ आसपासको क्षेत्र कोरोनाको दोश्रो भेरिएण्ट बाट अति प्रवाहित भएपछी समाजसेवी हेमराज थापाको पहलमा हिमालयन  हेल्पिङ हेण्ड नामक संस्थाले आज एक कार्यक्रमका बिच करिव ५ लाख बराबरको स्वास्थ्य सामाग्री गण्डकी गाउँपालिका उपाध्यक्ष र वडा एकका वडा अध्यक्ष  लाई हस्तान्तरण गरिएको छ।