कोईराला नयाँ दर्शनको थालनीमा………

कोईराला नयाँ दर्शनको थालनीमा………

मेरो पहिलो उपन्यास (राजव्यूह) प्रव्लिकेशनमा प्रकाशनको क्रममा रहेकोले, यस पुस्तक बजारमा आगनु अगावै आर्को पुस्तक प्रकाशन गर्ने हेतुले लेख्न शुरु गरे । त्यसका केहि हरफहरु….

लियाे तोल्सतोईको भनाईवाट शुरू गर्न चाहान्छु, “कुनै साहित्यिक लेखनको एकरुपताको आधार त त्यसको पात्रहरु न त वातावरण नै हुन्छ, अपितु लेखनको नैतिक दृष्टिकोण नै त्यस्तो एकरुपताको आधार हुन्छ”। अनि त म पनि आफ्नो वरिपरिको वातावरण विरुद्धको सङ्घर्षले मात्र मान्छेलाई मान्छे वनाउँछ भन्ने वुझ्न थला रे जीवनरुपि परिवर्तन मार्गमा अग्रसर मान्छेको प्रवल मानसिक उत्थानको चित्रण गर्न थाल्दछु। पृथ्वीका धुल-कणहरूका साथ पलपलको अनुभुति ग्रन्थका पन्नाहरु हुन। जीवनका हर अनुभुति अध्यायको वस्तु हो। कैयन इतिहासकार भौगोलविद्, कवि, पण्डितले पनि त्यस रहस्यलाई उदघाटन गर्न नसकेको हुन सक्दछन् । यदि ईश्वरले नै हामी सबैलाई बिशिष्ट उदेश्य लागी रचेका हुन भने, जीवनको महानता प्रतिपादित किन हुन नसकेको? यस्तै श्रृंखलावद्ध प्रश्नको घेरावन्दीमा हुन्छु । हुनत म पहिला रोमान्टिक प्रजातन्त्रवादी क्रान्तिकारी विधार्थी नेता थिए । ज्यादा म अरु व्यक्तिको अनुसरण गर्दथे,र । जव मलाई आफ्नो काँधमा जिम्मेवारीको महसुस हुन थाल्यो, राजनिती जीवनको निर्णयक विन्दु हुन पुग्यो अनि मेरो मनले अध्ययन गर भनेर गाली गरिराख्यो।विरोधिले राखेको तर्कलाई सामाना गर्न क्षमता राख्न सक्षम हुनलाई पढन जरुरी भयो, जब अनि मैले अलि अलि पुस्तक पठन थाल्ले यसवाट मेरो पुरानो विचार र विश्वास अद्भुत रुपमा परिस्कृत हुन थाल्यो । हल्का भन्दा पनि गम्भीर विचारले ठाउँ लिदै गएको महसुस हुँदै गयो।

रहस्यवाद, न अन्धविश्वास, यथार्थवाद आधार बन्दै गइराखेको छ, विश्वका भुगोल, ईतिहास क्रान्ति आर्दशहरु र
अराजकतावादि नेता बाकुनिन हुँदै चार्वाक र बुद्धदेखि स्वामि विवेकानन्दका गुरू रामकृष्ण परमहंससम्म । त्यसैले त कहिलेकाहीँ म विचारवाट भावनातिर बुद्दीवाट मनतिर ओर्लने गर्छु अनि मानवता प्रवेस गर्दछ मभित्र, अनि भित्रको देवत्व छटपटाउँछ, पग्लिन्छ, अत्तालिन्छ, सबै युग र सबै समयमा म जस्ता थुप्रै भावानामयी मान्छेभित्र ईश्वरले शीर उचालेर हेरेको छ त ? सबैभन्दा कमजोरमाथि सवभन्दा ज्यादा आस्था राखेर मान्छे आजसम्म आएको छ, सहनुको लागि ईश्वरको पक्ष सधै कष्ट र पीडाको रुपमा रहेको छ।कठोर परिक्षा र पीरले व्यथित छ, ईश्वर पनि त म जस्तै कमजोर लाचार भयर होला । पुराण र उपनिषद्हरुमा थाक लागेर बसेको। लाग्दैन मलाई मान्छेको सभ्यताले समस्या हल गर्नेछ, मानवता कुनै लाईटरको खोलमा सुरक्षित ग्याँस भएर रहने छ। ईश्वर मानिसको अत्याधिक सान्तवना पाउने आधार हुनसक्ला । उसको विना पनि मानिस आफुमा निर्भर रहन्छ ।हाम्रो पुर्वजहरुले कुनै परम आत्माप्रर्ति विश्वास बनाइराखेका थिए कुनै व्यक्तिले उनै विश्वासको सत्यता र परम आत्माको अस्तित्वलाई चुनौति दियोस्, अनि अधर्मी र विश्वासघाति कहलिन्छ, उसको तर्क यदि अकाट्य छ भने खण्डन विर्तकद्वारा हुन सक्दैन भने उसको आस्था यदि प्रबल छ कि ईश्वरको प्रकोपबाट हुने भय देखाएर पनि दवाउन सकिदैन भने अनि उसलाई भनिन थाल्छ विध्वंसकारी, अहंकारी, मलाई थाहा छ ईश्वरको विश्वासवाट मेरो जीवन आसन र मेरो बाेझ हल्का गरिदिएको हुन्थ्यो भने, मैले मेरो भाग्यलाई कुनै उन्माद साहारा खोजेको छैन। म यथार्थवादी नै हुन चाहान्छु अनि भए र नै प्रकृतिमाथि विवेकको साहायताले नै विजय प्राप्त गर्ने चाहान्छु। मलाई थाहा छ यो ध्येयवाट सफल हुन गार्हो छ, प्रयास गर्नु मानिसको कर्तव्य हो सफलता त संयोग तथा वातावरणमा निर्भर रहन्छ । जसमा अधिक विवेक शक्ति छ उसले आफ्नों वातावरण तार्किक रुपमा सम्झिन पुग्छ ।

जहाँ प्रमाण छैन त्यहि नै दर्शनशास्त्रको महत्व रहन्छ। अनि म आफुले आफैलाई सोद्दछु मैले विश्वास राखेको ईश्वर सर्वशक्तिमान सर्वव्यापक र सर्वज्ञानी छ भने किन यस्तो कस्ट र असख्य दुखको शाश्वत र अनन्त गठबन्धनबाट ग्रसीत छ! किन एउटै वेक्ति पूरै तरिकाले सन्तुष्टी हुन नसकेको! यो भनिन्छ- यहि त उसको नियम हो, ऊ पनि त कुनै नियमवाट बाँधिएको छ भने सर्वशक्तिमान कसरि ? ऊ पनि हामी जस्तै नियमको दास हो, यो पनि भन्न सकिँदैन कि यो त उसको मनोरञ्जन हो। हर वेक्ति आफुलाई सहि नै मान्दछ, जुन मानिस आफुलाई यथार्थवादी छु भन्ने दावा गर्छ उसले रुढिगत विश्वास, वर्तमान अवस्थाको व्यावस्थालाई चुनौती दिने सामर्थ्य राख्नुपर्छ । प्रचलित मतलाई तर्कले कसाैँटीमा कस्न सक्नुपर्छ। यदि तर्कबाट प्रहार गर्ने सकिएन भने सिसा टुक्रे जस्तो टुक्रेर जान्छ। नयाँ दर्शनको स्थापना पुरै धराशायी बनेर जान्छ। पुरानो विश्वासलाई टालटुल गरी पुन:निर्माण गर्नतिर लाग्दछ ।एउटा परम आत्मा जुन प्रकृतिको गतिलाई सन्चालन गरेको हुन्छ अनि प्रकृतिमाथि विश्वास गर्छौ अनि समस्या।आन्दोलन को ध्येय मानिसले आफ्नो सेवाका लागि प्रकृतिमाथि विजय प्राप्त गर्न खोज्दछ । यसलाई दिशा दिनको लागि कुनै चेतन शक्ति छैन, त्याे नै दर्शन हुनसक्छ। हामी त्यसलाई सहि मानिराखेका छौ, जसले हाम्रो शरीरमा घाउ बनाउनको लागी साहस यसकारण गर्छ मुलायम र आरमदायक मलहम आफु लगाऊन पाऊँ भनेर। त्यसैले म सोधन चाहान्छु चेतन परमआत्माले किन यो विश्वमा मानिसको रचना गर्यो। अनि म जीवन र मृत्युलाई पढ्दछु, सङ्घर्षले सबै प्राणलाई एक विन्दुमा एकत्रित गर्दछ । एउटै विन्दुमा उर्जा एकत्रित गर्दछ, यो अनुभव साधकलाई एकचोटी भयो भने जीवन यात्रा बदलिएर जान्छ रुपान्तरित हुन्छ, हिजोसम्म जे लाई मृत्यु भनेको थियो, त्यसलाई ऊ मृत्यु पनि भन्न सक्दैन, विस्तारै मूल कुरा मानिसले विर्सदैँ गएको खासमा सङल्पको अभ्यास हो, मानिसले आफुले जे निश्चय गर्छ त्यसलाई पुरा गर्छ भने ऊ भित्रको उर्जा बलवान् हुन्छ ऊ आत्मावान् बन्न थाल्दछ ।

यो जगतमा जुन कुरालाई साधना भनेर गरिराखेका छौ वस्तुत त्यो साधना नै होइन, संकल्प वेगर साधना हुन सक्कैन। भनिन्छ मुखवाट संकल्प भए पुग्छ यो कठिन छैन।संकल्प कठिन छ प्रयोग कठिन छैन। संकल्प वेगर प्रयोग गर्ने खोज्यो भने त्यो कठिन छ । त्यसैले मभित्र एक किसिमको कृष्टलाइजेसनभित्र कृष्टल बन्न शुरू हुन्छ, व्यक्तित्वको आधारभुत जग खडा हुन्छ । मनसँग जो बाँच्छ ऊ साधक होईन, साधक संकल्पमा बाँच्न शुरू गर्छ भने त्यो साधक हो, साधकको अर्थ जसलाई मन भनिन्छ, त्यो संकल्पमा परिणत हुन्छ, अन्तिम संकल्प मृत्युवरण संकल्प हो, संकल्पबाट शरीरलाई जुन दिन मुर्दा देख्न सक्नुहुन्छ दुनियाँको कुनै धर्मशास्त्रले र त्याे दिनबाट दुनियाँको कुनै गुरूले नयाँ कुरा केहि सिकाउन सक्दैन ।जन्मको लागी साधरणतया हामी निर्णायक छैनौ, त्यो अचेतन निर्णय हो, किन जन्म लियौँ, कहाँ जन्म लियौँ, कसरी जन्म लियौँ, त्यो थाहा छैन अनि त जीवनको विरोध छैन, निषेध छैन भने तब त्यो मान्छेले मृत्युमा पनि जीवन खोज्दछ “तथाता” लाई स्विकार गर्दछ अर्थात् चिज जस्तो छ त्यस्तै स्विकृति मृत्यु आए मर्छु र जिन्दगी रहे बाँच्छु । त्यसैले दर्शन शास्त्रको उत्पन्न नै मानिसको दुर्बलता अथवा ज्ञानको सिमित भएको कारण भएको छ ।                                                कैलास कोईराला
नेपाली काङ्ग्रेस चितवन जिल्ला उपसभापति ।