मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनद्वारा इच्छाकामनाका ५० चेपाङ परिवारलाई राहत वितरण

मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनद्वारा इच्छाकामनाका ५० चेपाङ परिवारलाई राहत वितरण

मुग्लिन : चितवनका चेपाङहरुलाई राहत वितरण गरिएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज चितवनले इच्छाकामना गाउँपालिका ५ का जौगरा, ढुसघारी, मड्केना,टार, पहेले पानी र बक्सेरानाका ५० चेपाङ परिवारलाई राहत वितरण गरिएको हो ।
प्रत्येक परिवारलाई एक बोरा चामल, एक पोका नुन, एक पोका तेल र एक किलो दाल वितरण गरिएको मेची महाकाली बुहारी संयुक्त आवाज चितवनका जिल्ला सदस्य तथा सिर्जनशिल महिला जागरण केन्द्र मुग्लिनका अध्यक्ष सावित्री पुडासैनी खानलले जानकारी दिनुभयो।

 

No description available.
मेची महाकाली बुहारी संयुक्त आवाज चितवनका अध्यक्ष महेश्वरी खड्काले यस संस्थाले विशेष गरि हिंसा परेका महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आइरहेको बताउनुभयो । अहिले कोरोनाका कारण विपन्न मजदुर परिवारमा विहान बेलुका छाक टार्न समस्या भएकाले राहतका कार्यक्रम पनि ल्याएको बताउनुभयो । यस अघि बाढी पहिरो पीडितलाई पनि सहयोग गरिएकोे उहाँले बताउनुभयो ।
वडाध्यक्ष मोदराज सिलवालले हरेक समस्याको बेला वडाले सामाजिक अभियनताहरुसंग सहकार्य गरेर जनताको मलम पट्टी लगाउने काम गरिरहेको बताउनुभयो । लकडाउनका कारण विहान बेलुका छाक टार्न मुश्किल भएका सीमान्तकृत चेपाङ समुदायका लागि खाद्यान्न सहयोग गरेकोमा मेची महकाली बुहारी आवाज परिवारलाई धन्यावाद दिनुभयो ।
पूर्वसंविधान सभा सदस्य अन्जनी श्रेष्ठ, प्रदेश सांसद मिलनबाबु श्रेष्ठ, लगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
मुग्लिनमा राहत वितरण गरिएको थियो । उक्त राहत सम्बन्धित गाउँसम्म लैजानका लागि मेची महाकाली बुहारी आवाजले नै रु ६ हजार गाडी भाडा समेत उपलब्ध गराएका छन् ।

No description available.