पाश्चात्य ज्ञान परम्परा र विश्वमा त्यसकाे प्रभाव

पाश्चात्य ज्ञान परम्परा र विश्वमा त्यसकाे प्रभाव

-कैलाश काेइराला

सत्राैँ शताब्दीभन्दा अगाडि पश्चिमा विश्वविद्यालयहरु धर्मका मुट्ठीमा थिए । विज्ञान सम्बन्धि अनुसन्धान लागि कुनै स्थानहरु थिएनन् । बाह्राैँ शताब्दीको अन्त्यतिर यूरोपमा अक्सफोर्ड, क्याम्ब्रिज, पेरिस सारोकोन, सेलोना मठिया जस्ता विश्वविद्यालय स्थापित भइरहेका थिए । त्यहाँ केवल ईसाई गन्थहरुलाई कण्डस्थ पार्नु र शास्त्रार्थ गर्नु विद्याध्ययनको मुख्य अङ्ग थियो । विद्याको प्रचार खाली शासक र धर्माचार्यहरुमा सिमित रहेको थियो । पश्चिम युरोपमा इस्लामी दर्शनको प्रचार केन्द्र पेरिस थियो। त्यहाँ अरबीबाट अनुवाद गर्ने थुप्रै काम गरेका स्पेनवाट प्रवासित यहुदीहरुको एउटा ठुलो सङ्ख्या त्यहा रहेको पाईन्छ । सोरवोन विश्वविद्यालय विरोधीहरुको किल्ला थियो भने छेवैको पेरिस विश्वविद्यालय समर्थकहरुको, युरोप र स्पेन ईस्लामी शासनको केन्द थियो । विभिन्न धार्मिक सम्प्रदायमा आवद्द थिए। अक्सफोर्ड विश्वविद्यालय फान्सेली सम्प्रदायको गढ थियो। अलेक्जेन्डर हेस, रोस्दका पछि “रोजर बेकन” अक्सफोर्डका विधार्थी थिए । पेरिसवाट डा•उपाधि लिए, उनि ल्याटिन अरवि र युनानी भाषाका जानकार थिए। उनका विचार हरु मध्यकालीन वाट मुक्त नभय नी प्रयोग र परिक्षणका तरिकाहरुमा जोड दिदै विज्ञान को खोज र अनुसन्धानमा जोड दिए। यन्त्र र रसायनशास्त्रको खोजमा लागि राखे स्वार्थी “पादरिहरुले” उनी जादुगर हुन भन्ने आरोप लगाए। त्यस समयमा युरोप मा जादुगर विरुद्ध कानुन कडा थियो । उनलाई नास्तिक र जादुगर को अपराधमा जेल हालियो । पादरिहरुले उनका सबै पुस्तकहरु जलाइदिए । तिनै परिणाम ले गर्दा विज्ञानको खोजहरुका निम्ति स्वतन्त्र सस्थाहरु स्थापित हुदै गय। “लेलेसिओ “ले त्यस्ता अनुसन्धानका लागि नेपल्समा पहिलो रसायनशाला खोले। “लेरेञ्जोवाला”ले खुलेरै शव्दहरुको धनि धर्म पादरिहरु विरुद्ध आक्रमण नै गरे,भनाई थियो । “शव्दहरुका दिमागी तर्कलाई छाड सत्यको खोजको निम्ति वस्तुहरु भएकाे ठाउँमा जाऊ”। “परासेल्सस् “र “फन् हेल्मोण्ड”ले पुस्तकको दासतावाट मुक्त भएर प्रकृतिको अध्ययन गर्न कुरामा जोड दिए ” वेसालियस”ले विज्ञान सम्मत ढङले” शरीरशास्त्र सम्वन्धि “पुस्तक लेखी कल्पनाको साटो शरिरलाई हेरेर लेख्ने कोसिसमा लागे, पोप रधर्मचार्यहरु सकसमा परे मृत्युको भय देखाएर विज्ञानको प्रगति लाई रोक्न खोज्थे । “सर्वेण्टस् ” र “गियोर्दिनो बुनो”लाई आगोमा डढाइयो। तर विस्तारै सौह्राैँ शताव्दीका प्रयोग समर्थक विद्धानहरु र खगोलिक आविस्कारहरुको साहायताले युरोपमा केही खुल्ला वातावरण सिर्जना भयो । ईन्द्रियानुभव र प्रयोगवाद नै जसको एक मात्र आधार हो भन्नेमा थिए । बेकन, हब्सलक, बर्कले, हयुम, “जोन लकले अक्सफोर्डमा प्राकृतिक विज्ञान र चिकित्साशास्त्र को अध्ययन गरेका थिए,” प्रयोग वा अनुभव वाहिर कुनै स्वत सिद्दि वस्तु छ भन्ने कुरालाई अस्वीकार गर्दथे”। (ज्ञान विचार भन्दा टाढा पुग्न सक्दैन, वस्तुगत सत्यता संग हाम्रा विचारहरु मिले भने मात्र अर्थात विचार प्रयोग को विरुद्ध गएन भने मात्र साच्चो हुन सक्छ)। यसरी विकसित हुदै सत्रौं शताब्दीमा आएर वैज्ञानिक सोचले विभिन्न आविष्कारहरु हुन थाल्यो । न्युटन (१६४२-१७२७) सम्म गुरुत्वाकर्षण र यान्त्रिक सिदान्तको साहायताले अन्तरिक्ष जगतमा प्रवेश गर्यो।कलर र विज्ञान विचको सम्वन्ध देखाउन खोजे तर “अरस्तु”ले रोसनीको कुनै रंग हुँदैन भनेर खारेज गरेका थिए । लाइट र कलर थ्योरी प्रयोग गरि सभेद रोसनी ईन्द्रणी धनुषको सबै रंगको नमुना हो भन्ने प्रमाणित गरिदिए। “हर्सल”ले न्युटनको यान्त्रिक सिद्धान्त सौयमण्डभन्दा वाहिर पनि लागु हुने कुरा सिद्द गरे । भौतिक विज्ञानले ताप, ध्वनि, चुम्बन,विजुलीको खोजहरु र नयाँ चिजहरुको आविस्कार गर्दै गयो। “रभ्फोर्डले” ताप पनि गतिको एउटा प्रकार भयको प्रमाणित गरे “हक्सबीले( १७०५, मा प्रयोग गरेर देखाए ध्वनी हावामा निर्भर रहन्छ, हावा विना ध्वनी उत्पन्न हुदैन।
रसायनशास्त्र तर्फ “प्रिस्टली र सिले”ले अक्सिजनको आविस्कार गरे कवेण्डिस(१७३१-१८१०)ले अक्सिजन र हाइड्रोजन दुई ग्याँसको सम्योजनवाट पानि वनेको सिद्द गरे” जेनर(१७४९-१८२३) ” विफरको खोपको आविस्कार गरेर चिकित्सा शास्त्रको क्षेत्रमा रोगहरुको रोकथाममा नयाँ तरिका आविस्कार गरे। यसरी वैज्ञानिक सोचले दुनियाँको ब्रमाण्ड पत्ता लगायो। पृथ्वी कै विषयमा मेसोपोटामिया र चिनियाँ सभ्यताविच ठुलो विवाद रह्यो। अमेरिकि “स्पेसक्रास्ट रेजर”ले पहिलो चोटी चन्दवाट पृथ्वी को तस्विर खिचे, अनि थाहा भयो “पृथ्वी ” सूर्यको दूरीको क्रममा तेस्रो नंवर को ग्रह हो ।१९ शताव्दीसम्म आउदा विज्ञान एउटा खोलाबाट महानदी बनिसकेको थियो । ज्योतिशास्त्र र स्पेक्ट्रोस्कोप मद्दतबाट सुर्य ताराहरु पृथ्वी र सुर्यविचको दुरी तिनिहरुको ताप, घनत्वो चलिआएको थुप्रै भ्रमहरु हराउदै गए । भौतिक विज्ञानका यूल, हेल्महोल्ट्ज्, केल्विन,एडिङ्गटनले नयाँ आविस्कार गर्दै गए, परमाणुको छानविन मात्र भएन परमाणुहरुलाई समेत फोरेर ईलेक्ट्रोन सम्म पुगे। विजुलीसँग परिचय मात्र भएन । त्यसले घर र सडकलाई उज्यालो पार्न थाल्यो। “वोल्हर”ले प्राणीहरुमा मात्र पाईने तत्व युरिया रसायनशालामा कृर्तिम ढङ्गले बनाईदिए र के सिद्द गरे भने भौतिक नियमहरू प्राणी र अप्राणी दुवै जगतमा लागु हुन्छ भने।प्राणीशास्त्रमा यन्त्रले हेर्दा देखिने व्याक्टिरिया अरु कीटाणुहरुको खोज र तिनिहरुको गुण आदिले गर्दा चिकित्सा तथा डिव्वाबन्द खाद्य पदार्थहरुको तयारिमा ठुलो साहायता पुग्यो । “डेविले” वेहोस पार्ने औषधी निकालेर चिकित्सकहरुको लागि अपरेसन लाई सजिलो बनाइदिए भनिन्छ ।                                                       पृथ्वीको अन्य भागमा १० प्रतिशत र बाँकी ९० प्रतिशत वरफ अन्टार्टिकामा रहेको छ भनिन्छ। त्यहाँ यति मजवुत व्याक्टिरिया र भाइरस छ कि तिनिहरुको लाईभ साइकल नै कडा छ। त्यसको फैलावटले विश्वको मानव जातिलाई नै खतरा हुन सक्छ भनिएको छ। यसैले गर्दा मानिसको विश्वसम्वन्धि ज्ञानमा विराट परिवर्तन आयो । फिस्टे, हेगलले भौतिक तत्वभन्दा टाढा प्रत्यय तत्वमा पुग्ने कोसिस गरे । सेलिङ, नित्से आदिले भौतिकवादको बाढीलाई रोक्ने प्रयत्न पनि नगरेका होईनन्। त्यसपछि हेगल, माक्स जस्ता दार्शनिकहरुको जन्म भएको हो । उनले पनि विज्ञानद्वारा नै दर्शनलाई समाज परिवर्तनको साधन बनाए । यसरी हेर्दा विश्वमा विज्ञान विकास क्रमको वहस वादविवाद दार्शनिकहरुको खोज, अनुसन्धान प्रर्किया रहेको पाइन्छ । तर आज हाम्रो देश नेपाल को अवस्था हेर्दा सोर्यौ शताव्दी भन्दा अगाडि युरोपको मुल ढोकाबाट प्रवेश हुन लागेको भान हुन्छ । युरोप अमेरिकाकाले बढावा दिएका फुलव्राईट, हाफव्राइट, एवं क्वार्टर ब्राइट वुद्धीजीविहरु नेपालमा विकासको नाममा ईसाधर्मका प्रचारक छन् ।युरोपियनहरु वैचारिक वर्चस्वद्वारा आफ्नो आधिपत्य सुरक्षित गर्ने प्रयत्नमा छन् । त्यसैले विपिले देशको योजना वनाउँदा विदेशबाट पढेर आएकाहरुको सल्लाह होईन, गरिब किसानको फोटो हेरर बनाउनु तर हामीले योजना आयोग नै उनीहरु जिम्मा लगाई दिएऔँ । नेपालमा १८०१ देखि १८७३ सम्म विभिन्न राज्य रजौटाहरुसँग लगातार जस्तै युद्ध चलेको थियो १८६६ सम्म टिष्टादेखि पश्चिम किल्ला काँगडासम्म फैलिएको नेपाल विभिन्न घरेलु कारणले १८७२ मा खुम्चिएर मेचीदेखि महाकालीसम्म परिणत भयो। विभिन्न इतिहासको कालखण्ड, राणा, पन्चायत र राजनिती क्रमभङ्गता हुँदै अहिलेको अवस्थामामा आईपुग्दा, १९८८ मा क्याम्ब्रिज विश्वविद्यालयको प्रकाशित” जोल मिग्ङलको पुस्तक”
(स्टेड ईन सोसाइटी) क्षमता विना नै राज्यका नेताहरुले समाजलाई जबरजस्ती नियन्त्रण गर्ने थाल्दा राज्य र समाजविच संघर्ष हुन्छ। कम्युनिस्ट नेता-संसदिय व्यवस्था भनेको, “खसि को टाउको झुन्डाएर कुकुरको मासु वाच्ने ठाउँ हो” भन्थे । पन्चायत व्यवस्थालाई लक्षित गर्दै, विपिले भन्नु भयको थियो यो मरिसकेको घोडा हाे, म यसलाई चाबुक मार्न चाहदिनँ” संसदिय व्यवस्थाका अभिजात्य खेलाडीहरुले गर्दा यो व्यवस्थालाई पनि विपीको कथन लागु हुन खोजेको त होइन…?