लागुऔसध कारोवारी महिला चितवनबाट पक्राउ

लागुऔसध कारोवारी महिला चितवनबाट पक्राउ

भरतपुर – चितवनमा लागूऔषध कारोबारमा संलग्न एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १६ घर भई भरतपुर २ आदर्शनगरमा डेरा गरी बस्ने २५ वर्षीया एलिसा कुँवर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनएको छ ।

जेठ २५ गते मंगलबार दिउँसो ३ बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कुँवरको कोठा खानतरासी गर्दा प्रतिबन्धित लागूऔषध डाइजेपाम ८४ एम्पुल, नुफिन ८२ एम्पुल, फेनारगन ८१ एम्पुल गरी २४७ एम्पुल एक थान भिभो मोबाइल र नगद १७ हजार ५२५ सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एंव प्रहरी नायब उपरिक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो । जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।