तामिन भञ्ज्याङका ४६ घर परिवारलाई राहत वितरण

तामिन भञ्ज्याङका ४६ घर परिवारलाई राहत वितरण

मुग्लिन :  चितवनको इच्छाकामना ५ तामिन भञ्ज्याङका ४६ घर परिवार राहत वितरण गरिएको छ ।दलित चेपाङ लगायत विपन्न परिवारलाई चामल, दाल, तेल लगायतको खाद्यान्न वितरण गरिएको हो ।अमेरिका निवासी प्रा .डाक्टर कृष्ण भाइ प्रधान, नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश क सभापति तथा मैयाँ देबि कलेज अध्यक्ष टंक नाथ पौडेल प्रेम कुमार श्रेष्ठको समन्वयमा राहत वितरण गरिएको हो ।

No description available.

राहत वितरण कार्यक्रममा गाउँ पालिका अध्यक्ष गिता कुमारी गुरुङ नेपाली कांग्रेस क्षेत्र नं २प्रदेश क को सभापति टंकनाथ पौडेल वडाध्यक्ष अध्यक्ष मोदराज सिलवाल लगायतको उपस्थिति रहेका थिए ।
सिर्जनाशील महिला जागरण केन्द्रको पहलमा राहत उपलब्ध भएको हो ।

May be an image of outdoors