राम प्रसाद बोहोराको पहलमा लायन्स क्लब अफ पोखरा आदर्श चौतारीद्वारा इच्छाकामना ५ का ४२ घर परिवारलाई खाद्यान्न वितरण

राम प्रसाद बोहोराको  पहलमा लायन्स क्लब अफ पोखरा आदर्श चौतारीद्वारा इच्छाकामना ५ का ४२ घर परिवारलाई खाद्यान्न वितरण

मुग्लिन : चितवनको इच्छाकामनाका ४२ घर परिवारलाई राहत वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले वडा नम्बर ५ का नेवे डाडाँ र देवी डाडाँका विपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई खाद्यान्न वितरण गरिएको हो ।
उनिहरुलाई चामल, दाल र तेल वितरण गरिएको हो । कोरोना महामारीसंगै देशभर निषेधाज्ञा जारी भएपछि यहाँका चेपाङ लगायत दैनिक ज्यालादारी मजदुरी गरि परिवार पाल्दै आएकाहरु समस्यामा परेको सुनेपछि राहत वितरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो । क्लबकै मनकारी सदस्यहरुबाट सहयोग उपलब्ध भएको उहाँले बताउनुभयो । जहाँ समस्या त्याहाँ लायन्स भन्ने मुल नाराका साथ समस्यामा परेकाहरुलाई क्लबले सहयोग गर्दै आइरहेको उहाँको भनाइ छ ।

May be an image of one or more people, people standing, tree and outdoors
नेकपा माओवादी केन्द्र चितवनका यूवा नेता जिल्ला सदस्य राम प्रसाद बोहोराको पहलमा लायन्स क्लव अफ पोखरा आदर्श चौतारीले उक्त राहत उपलब्ध गराएको हो ।
क्लबका रिजन चियरपर्सन ला. बासुदेव कोइरालाको प्रमुख अतिथि तथा क्लबका अध्यक्ष ला. मोहनराज पौडेलको सभापत्तिवमा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो ।