रातिदेखि अवरुद्ध मुग्लिन – नौविसे सडक सुचारु

रातिदेखि अवरुद्ध मुग्लिन – नौविसे सडक सुचारु

धादिङ  :  अविरल बर्षासंगै सडकमा माथिबाट लेदो खसेपछि गएरातिदेखि अवरुद्ध मुग्लिन– नौविसे सकखण्ड सञ्चालनमा आएको छ । पहिरो पञ्छाएपछि विहान ८ बजेदेखि सडक सञ्चालनमा आएको हो । यस सडकखण्ड अन्तरगत धादिङ वेनीघाटरोराङ १० जोगीमारामा सडकमा माथिबाट लेदो खसेपछि गएरातिदेखि अवरुद्ध भएको थियो ।