आफ्नो नाम गोप्यराखी इच्छाकामना ६ मा युवाहरुले गरे राहात सामाग्री बितरण।

आफ्नो नाम गोप्यराखी इच्छाकामना ६ मा युवाहरुले गरे राहात सामाग्री बितरण।

कुरिनटार-भरतपुर महानगरपालिका चितवनका ७ जना युवाहरु द्वारा आफ्नो नाम गोप्य राखि इच्छाकामना ६ माथिल्लो चनौटेका ४६ घर  बिपन्न भुजेल हरुलाइ राहात सामाग्री बितरण गरिएको छ।                                                                                       कोभिड १९ कोरोना भाइरसको कारण देश लकडाउ भएको लामो समय बितिसक्दा समेत उचित राहात नपाएका बिपन्न भुजेल परिवारलाई सहयोग गरिएको नाम  नबताउने सर्तमा सहयोग गर्ने मध्य एक युवाले जानकारी दिनु भयो।  राहात बितरण कार्यक्रम  वडानम्बर ६ का वडा सदस्य रामजी घर्ती भुजेलको उपस्थितिमा इच्छाकामना वडा ५ का समाजसेवी बिनोद बाग्दासको समन्वय तथा कृष्ण सेरचन, प्रकाश त्रीपाठी, किरण कुवर लगायत युवा हरुको सहायतामा सम्पन्न भएको थियो।                                                                                   ४६ घरधुरीलाइ बितरण गरिएको राहात सामाग्रीमा चामल, तेल, नुन, चिनी,  आलु, सोयाबिन, नुहाउने साबुन, माक्स लगायतका सामाग्री हरु रहेका थिए।