दुई मुक्तक – तेजविलास अधिकारी

दुई मुक्तक – तेजविलास अधिकारी

१.
अलि मौलिक हुनुको पनि भाउ छ
उसैको जुँघामा हर बखत ताउ छ
पालो पालो जस्तो पालिकाहरुमा
चोरलाई कार्वाही गर्न उसैको बाउ छ।

२.
हामीले राम्ररी हाम्रो देश चिन्नु छ
आफ्नै मौलिक परिवेश चिन्नु छ
इतिहासको उत्खनन गरेर छिटो
बिचौलियाको घर र मेस चिन्नु छ।