सुत्केरी र अशक्तको लागि कतारमा कार्यरत राजु द्वारा सहयोग।

सुत्केरी र अशक्तको लागि कतारमा कार्यरत राजु द्वारा सहयोग।

कुरिनटार- हाल वैदेशिक रोजगारीको लागि कतारमा रहुनुभएका इच्छाकामना गाउपालिका ५ मुग्लिङका राजु गुरुङ बाट अशक्त र लकडाउनले मर्कामा परेका परिवारको लागि राहात सामाग्री हस्तान्तरण गर्नु भएको छ।                                                                                            स्वर्गीय पिता खर बहादुर गुरुङको सम्झनामा र मुग्लिङमै रहनु भएकि ममतामयी आमा सुनी माया गुरुङ मार्फत इच्छाकामना गाउँपालिका वडा ४ बार्वाङ खोलाका असक्त, र सुत्केरी गरि ४ घर परिवार र वडा ५ मुग्लिङको एक घर परिवारको लागि चामल,नुन,तेल ,साबुन सहित सुत्केरीको लागि घ्यु सहित सुत्केरी मसला र बच्चाको लागि आवस्क सामाग्री हस्तान्तरण गरिएको हो।                                                                                                   राहात बितरणको लागि मुग्लिङ निवासी बिनोद बाग्दस र किरण कुवर तथा कुरिनघाट निवासी दिपक खनालले समन्वय गर्नु भएको थियो।