आरआरएनद्वारा इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

आरआरएनद्वारा इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । कोरोना महामारीको नियन्त्रणमा सहयोग पु-याउने उदेश्यले  VCA र WHH को आर्थिक सहयोगमा नेपाल ग्रामिण पुर्ननिर्माण संस्था  RRN (आरआरएन)द्वारा सञ्चालित WASH परियोजनाले आइशोलेसन सेन्टरका लागि स्वास्थ्य सामाग्रीहरु सहयोग गरेक हुन् ।
उक्त संस्थाले गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङलाई गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमकाबिच उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
पल्स अक्सिमिटर, पिपिइ, सर्जिकल, मास्क, सर्जिकल ग्लोब्स, फेस शिल्ड लगायतका संस्थागत आइसोलेसनका लागि ८ र होम आइसोलेसनका लागि १६ प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले स्वास्थ्य सामाग्री सहयोग गरेकोमा आरआरएनलाई धन्यावाद दिनुभयो । हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष कृतिकुमार श्रेष्ठ , प्रवक्ता सावित्री गुरुङ , वडा नम्बर ४ का कार्यवाहक वडाध्यक्ष मुक्तिनाथ सिलवाल लगायतको उपस्थिति रहेका थिए ।