नारायणगढ –मुग्लिन सडक खण्डमा ठुलो ढुङ्गा खस्यो सडक एकतर्फी सञ्चालन

नारायणगढ –मुग्लिन सडक खण्डमा ठुलो ढुङ्गा खस्यो सडक एकतर्फी सञ्चालन

कुरिनटार :  नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत १४किलो भन्ने ठाउँमा ठुलो ढुङ्गा खसेको छ । ढुङ्गा खसेकोले खाल्डो भएको र उक्त खाल्डोमा ग्राबेल हाली एकतर्फी बाटो सुचारु गरिएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । ढुङ्गा हटाउनलाई ब्रेकरको आवश्यक परेकोले समय लाग्ने प्रहरीको भनाई छ ।