नारायणगढ– मुग्लिन सडक अवरुद्ध, बैकल्पिक बाटोको प्रयोग गर्न प्रहरीको अनुरोध

नारायणगढ– मुग्लिन सडक अवरुद्ध, बैकल्पिक बाटोको प्रयोग गर्न प्रहरीको अनुरोध

मुग्लिन ः पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुन :  अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो गएर सोमबार बिहानदेखि बाटो अवरोध भएको हो । यस सडकखण्ड अन्तरगत सेतीदोभान, १४ किलो लगायत विभिन्न स्थानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले अत्यावश्यक सवारी साधनहरुलाई बैकल्पिक बाटोको प्रयोग गर्न हुन अनुरोध गरेको छ । यसघि सेतीदोभानको पहिरो पन्छाएर आइतबार राती ९ :  ४५ बाट सडक एकतर्फी सुचारु गरिएको थियो ।