इच्छाकामनामा एक घर एक धारा अभियान : तोकदाङ ढापमा ४६ घरधुरीले पाए खानेपानी धारा

इच्छाकामनामा एक घर एक धारा अभियान :  तोकदाङ ढापमा ४६ घरधुरीले पाए खानेपानी धारा

कुरिनटार, २६ असार । चितवनको इच्छाकामना गाउँपालिकाले एक घर एक धारा अभियानलाई तीव्र पारेको छ । सो अभियान अन्तरगत आज वडा नम्बर ३ तोक्दाङ ढापका ४३ घरधुरीमा धारा जडान गरिएको छ । प्रमुख अतिथि  गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको हो ।
धाराको उद्घाटन गर्दै अध्यक्ष गुरुङले एक घर एक धाराको अवधारणा अनुरुप स्वच्छ खानेपानी जनताको पहुँचमा पुर्याउने सोचका साथ इच्छाकामना गाउँपालिका वाड न ३ तोक्दाङ ढापमा रहेका ४६ घरधुरीमा धारामा पु¥याइएको बताउनुभयो । उद्घाटन कार्यक्रममा उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्रि गुरुङ , वडाध्यक्ष गोवर्धन अधिकारी लगायतको उपस्थिति रहेका थिए ।