नेकपा एमालेमा माधव नेपाललाई कुनै ठाउँ छैन : ओली

नेकपा एमालेमा माधव नेपाललाई कुनै ठाउँ छैन :  ओली

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको बताउनुभएको छ ।

नेता नेपालले गर्दा नै आफू नेतृत्वको सरकार बहिर्गमन भएको दाबी गर्दै निजी निवास बालकोट पुगेर सम्बोधन गर्ने क्रममा ओलीले भन्नुभयो , पार्टीलाई आत्मालोचना गर्दै कमजोरी स्वीकारेर आए अन्यलाई एकपटक पार्टीमा मौका दिन सकिन्छ। तर, माधव नेपालले अब आत्मालोचना गरेर फर्किए पनि पार्टीमा स्वीकार्ने कुनै पनि ठाउँ छैन।,

अध्यक्ष ओलीले नेता नेपाललाई विश्वासघाती भएको आरोप लगाउँदै लाज सरम हराएका मान्छेको रूपमा चित्रण समेत गनुृभयो ।