चितवनमा एक साता निषेधाज्ञा थप, के-के सञ्चालन गर्न पाउने, के-के नपाउने ?

चितवनमा एक साता निषेधाज्ञा थप, के-के सञ्चालन गर्न पाउने, के-के नपाउने ?

चितवन :  चितवनमा साउन ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार  आदेश जारी गर्दै साउन ७ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा अझै पनि कोरोना संक्रमण न्यूनीकरण नभएकाले निषेधाज्ञाको अवधि लम्ब्याइएको बताए ।