इच्छाकामनाका यी खोप केन्द्रहरुमा आजदेखि कोरोना खोप लगाइँदै

इच्छाकामनाका यी  खोप केन्द्रहरुमा आजदेखि कोरोना खोप लगाइँदै

कुरिनटार : चितवनमा आज (शुक्रबार)देखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । साउन १ गतेदेखि ३ गतेसम्म जिल्लाका सबै स्थानीय तह अन्तरगतका वडाका स्वास्थ्य संस्थाको खोप केन्द्रहरुमा खोप लगाउने अभियान संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यसैबिच इच्छाकामना गाउँपालिकाको खोपकेन्द्रहरुबाट पनि आजदेखि कोरोना खोप लगाउन सुरु हुने भएको छ। गाउँपालिकाको ९ वटा खोपकेन्द्रहरुबाट कोरोना खोप लगाउन सुरु हुने भएको छ।

खोप लगाउन सुरु भएको पहिलो र दोस्रो दिन ५५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाईनेछ भने तेस्रो दिन फ्रन्ट लाईनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालक, शिक्षक लगायत प्राथमिकताका आधारमा लक्षित वर्गलाई लगाईने गाँउपालिकाले जनाएको छ ।

इच्छाकामनाका  कोरोना खोप लगाउने खोप केन्द्रहरु