सर्वशान्ति क्याम्पसका नवनियुक्त प्रमुुख भविश्वर गुरुङद्वारा कार्यभार ग्रहण

सर्वशान्ति क्याम्पसका नवनियुक्त प्रमुुख भविश्वर गुरुङद्वारा कार्यभार ग्रहण

कुुरिनटार :  सर्वशान्ति क्याम्पस कुरिनटारका नवनियुक्त क्याम्पस प्रमुख भविश्वर गुरुङले कार्यभार सम्हाल्नुभएको छ । एक कार्यक्रमकाबिच निवर्तमान प्रमुख प्रकाश पौडेलले पद हस्तान्तरण गर्नुभएको हो ।

क्याम्पसका अध्यक्ष माधव घिमिरे, क्याम्पसमा कार्यरत शिक्षक कर्मचारी र कार्य समितिले खादा , अबिर र फुलको गुच्छाले स्वागत गरेका थिए ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र गाउँपालिका प्रवक्ता सावित्री गुरुङ लगायतले नवनिुक्त क्याम्पस प्रमुख गुरुङलाई बधाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।