चितवनमा १६१ जना कोरोना संक्रमित थपिए , दुई जनाको मृत्यु

चितवनमा १६१ जना कोरोना संक्रमित थपिए , दुई जनाको मृत्यु

चितवन  :  पछिल्लो २४ घण्टामा चितवनमा १६१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १८ हजार ४२० पुगेको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ९५,खैरहनी नगरपालिकामा २८, माडीनगरपालिकामा ८,रत्ननगरपालिकामा ८,राप्तीनगरपालिकामा ११, कालिका नगरपालिकामा १० र इच्छाकामना गाउँपालिकामा १ जना गरि १६१ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा चितवनमा २ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।