पोखरीमा डुबेर बालिकाको ज्यान गयो,हराएकी महिला मृत फेला

पोखरीमा डुबेर बालिकाको ज्यान गयो,हराएकी महिला मृत फेला

गोरखा :  पालुङटारमा आज एक बालिकाको ज्यान गएको छ । खेतमा पानी लगाउन बनाएको पोखरीमा डुवेर ति बालिकाको ज्यान गएको हो ।

पालुङटार नगरपालिका ८ मुलाबारी बस्ने १३ बर्षिया ऋचा नेपालीको मंगलबार दिउसो १ः०० बजे सोही स्थानमा पर्ने आफ्नो खेत रोपाई गरी घर तर्फ फर्कने क्रममा स्थानिय रनबहादृुर गुरुङले खेतमा पानी हाल्नकालागि बनाएको पोखरीमा हात खुट्टा धुने क्रममा चिप्लीएर पोखरीमा डुवेको र तत्कालै स्थानियको सहयोगमा उद्वार गरी धुवाकोट स्वास्थ्य चौकीमा उपचार गराउदा गराउदै दिउसो २ः३० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

पोखरीमा डुवेकी बालिका अचेत अवस्थामा स्थानियले स्वास्थ्य चौकी पुरयाएका थिए । घटनाको बिषयमा जानकारी पाएको ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीले मृत्तकको शव पोष्टमार्टमकालागि गोरखा अस्पताल पठाएको र थप अनुसन्धान भई रहेको जनाएको छ ।

यसैबिच पालुङटार नगरपालिका २ २ खोप्लाङ की बर्ष ४८ बर्षिय सुकमाया मग्राती (नेपाल) मृत अवस्था भेटिएका छन् । असार ३ गते दिउँसो ३ बजेको समयमा घरबाट एक्कासी निस्कीएकीनेपाली गोरखा गोरखा नगरपालिका १० स्थित छेपेटारको पुल नजिकै स्थानिय व्यक्तिले देखेको भन्ने व्यहोरा सहितको निवेदनको आधारमा हराएकी महिलाको प्रहरी र स्थानियहरु मार्फत खोजतलास गर्दै जाँदा मंगलबार दिउँसो २ : ४५ बजेको समयमा जिल्ला गोरखा, गोरखा नगरपालिका १२ हात्तीसार फाँट नजिकै दरौंदी नदी किनारमा उनलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि गोरखा अस्पताल गोरखामा ल्याईएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।