आज लुम्बिनी, गण्डकी तथा सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज  लुम्बिनी, गण्डकी तथा सुदुरपश्चिम  प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

 

काठमाडौँ :  मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम पुर्वानुमान महाशाखादले जनाएको छ । हाल देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।