नहरमा डुबेर दुई जना बालकको मृत्यु

नहरमा डुबेर दुई जना बालकको मृत्यु

चितवन : चितवनमा नहरमा डुबी दुई जना बालकको मृत्यु भएकोछ । जिल्ला प्रहरी कर्यालय चितवनका अनुसार बुधबार दिउँसो ३ ः ५५ बजे भरतपुरम महानगरपालिका वडा नं २ क्षेत्रपुर स्थितमा रहेको खुल्ला चौरमा सोही ठाउँका वर्ष १६ को अंकित जोशी र वर्ष १४ को विवेक शर्माको मृत्यु भएको हो । क्रिकेट खेली नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेको र निजलाई बचाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डुबी बेपत्ता भएका थिए । प्रहरी टोली खटी गई दुबै जनालाई डुबेको स्थान देखि अन्दाजी २०० मिटर पर नहरबाट उद्दार गरेका थिए । उद्धार गरि उपचारको लागी पठाईएकोमा अस्पत्तालले दुबै जनाको मृत्यु भएको जानकारी गराएको प्रहरीले जनएको छ ।