धादिङ घर भएका नेपाली सेनामा कार्यरत भरत गुरुङ भरतपुरमा मृत अवस्थामा भेटिए

धादिङ घर भएका नेपाली सेनामा कार्यरत भरत गुरुङ भरतपुरमा मृत अवस्थामा भेटिए

चितवन, ७ साउन । भरतपुरमा मृत अवस्थामा भेटिएका युवकको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतअवस्थामा भेटिएका ति पुरुष धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण  टोखामा कार्यरत ३६ बर्षिय भरत गुरूङ रहेको बुझिएको छ ।

आज बिहान भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार टाउकोमा गोलीले लागेको जस्तो चोट रहेको र शव नजिकै गोलीको खोका पनि भेटिएका छन् । बिहान बाटोमा हिड्नेहरुले घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।