इन्डोनेसियामा डुङ्गा दुर्घटना हुदाँ २४ को मृत्यु, ३१ बेपत्ता

इन्डोनेसियामा डुङ्गा दुर्घटना हुदाँ २४ को मृत्यु, ३१ बेपत्ता

काठमाडौं :  डुङ्गा दुर्घटना हुँदा इन्डोनेसियामा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन्।

देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीको भनाइ छ। ​ उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन्। उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन्।​

बन्दरगाहा नजिकै दुर्घटना भएका डुङ्गा भने नियन्त्रणमा ल्याइसकिएको अधिकारीले जानकारी दिएका छन्। खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको सङ्ख्या अझ धेरै हुनसक्ने उद्धारकर्ताले बताएका छन्।