भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए

भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। आज बिहान सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर रावलले संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

बिहीबार एमाले वरिष्ठ नेता माधव नेपाल रावलको घरमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। त्यसअघि अध्यक्ष केपी ओलीले पनि राजीनामा फिर्ता लिन रावललाई आग्रह गरेका थिए।

गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लाग्दा रावलले पार्टीभित्रको आन्तरिक असन्तुष्टिका कारण प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए।