गोरखामा पाँच बर्षिया बालिकामाथि बलात्कार गर्ने युवक पक्राउ, बालिकाको उपचार हुदैँ

गोरखामा पाँच बर्षिया बालिकामाथि बलात्कार गर्ने युवक पक्राउ, बालिकाको उपचार हुदैँ

गोरखा :  गएरती गोरखामा पाँच बर्षकी बालिका माथि बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पालुङटारमा गएराती ५ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरी १८ बर्षका युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पालुङटार नगरपालिका ९ घर भएकी बालिकालाइ राति करिब ११ बजे घरबाट बाहिर लगि बलत्कार गरेर गरेको आरोपमा ति युवकलाई नियन्त्रणमा लिइएको हो । बालिकाको स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा घटनाको रहस्य सार्वजनि भएको हो । प्राय बालिकाको घरमा आई रहने ति युवकले रातको समयमा बालिकालाई लिएर घर बाहिर गएर बलत्कार गरेको र गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि चितवन पठाइएको छ ।

उपचार गर्ने क्रममा चिकित्सकले बालिका बलात्कृत भएको कुरा अभिवाकलाई भनेपछि मात्र रहस्य पत्ता लागेको हो । बालिकालाई सोध्ने क्रममा पिडकको नाम भनेपछि प्रहरीले तत्कालै उत्त युवकलाई नियन्त्रणमा लिएर सदरमुकाम ल्याईएको कार्यालयले जनाएको छ ।