इच्छाकामनाका १ सहित चितवनमा थपिए १८५ जना नयाँ संक्रमित

इच्छाकामनाका १ सहित चितवनमा थपिए  १८५ जना नयाँ संक्रमित

चितवन : आज चितवनमा १८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १४८ जना, खैरहनीमा १ जना, माडीमा १३ जना, रत्ननगरमा १६ जना, कालिकामा ६ जना र इच्छाकामनामा एक जना रहेका छन् । चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३० पुगेको छ । विगत २४ घण्टामा १९ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।

यसैबिच आज एकैदिन कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनका दुई जना, नवलपरासी र तनहुँको एक एक जनाको भरतपुर अस्पतालमा निधन भएको हो । यो सँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२७ जना पुगेको छ ।