इच्छाकामनामा शिक्षकहरुको रिले अनसन

इच्छाकामनामा शिक्षकहरुको रिले अनसन

कुरिनटार  :  चितवनको इच्छाकमनाका शिक्षकहरुले रिले अनसनमा बसेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विभिन्न ३४ बुँदे मागहरु राखेर शुक्रबार गाउँपालिकाको कार्यालय अगाडी शान्तिपूर्ण रिले अनसन बसेका हुन् । शिक्षकहरुका पेशागत हकहित र अधिकारसंगै बिगतमा सरकारसंग भएका सम्झौताहरु कार्यान्वयन र पारित गराउन दबाब स्वरुप आन्दोलन अगाडि बढाउन लागिएको शिक्षकहरुको भनाइ छ ।अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने मुल नाराका साथ सामुहिक तवरले  शिक्षकहरुले रिले अनसनद्वारा धर्ना दिएका छन ।

बैशाख २० गते देखि सामाजिक सञ्जाल मार्फत विभिन्न चरण बद्ध आन्दोलन गर्दे आएको महासंङ्घले चौथो चरणको आन्दोलन अन्र्तगत आज साउन १५ गते देशभरका स्थानीय तहमा रिले अनशन बस्दै कार्यक्रम अनुसार चितवनको इच्छाकामनाका शिक्षकहरु रिले अनसनमा बसेका हुन् ।

महासंघको ३४ सुत्रिय मागमा मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायत छन् ।