माधव नेपाललाई एमालेमा ठाउँ छैन ओली

माधव नेपाललाई एमालेमा ठाउँ छैन ओली

काठमाडौं  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई  ,देशद्रोहीुको संज्ञा दिएका छन्।एमाले नेतृत्वको सरकार ढालेर दक्षिणपन्थी सरकार ल्याउन साथ दिएको भन्दै एमाले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ुजनताको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन लागि परे। माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन। फ्लोर क्रस गरेर देउवा नेतृत्वको सरकार बनाउन एक हुल लिएर हिँडे। पार्टी हामी सबैले बनाएका हौँ।ु

पार्टीभित्रबाटै प्रतिक्रियावादीहरुसँग मिलेर जनताको सरकार ढालेको उनले आरोप लगाए। ुनेकपा एमालेको सरकार ढाले, लगभग दुई तिहाइको पार्टी फुटाए, एमालेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर लोकतन्त्र र संविधानको रक्षा गरेको भनेर भ्रम फैलाइएको छु ओलीको भनाइ थियो।