माडीमा बैद्य माओवादीद्वारा ४० बिघा जग्गा कब्जा

माडीमा बैद्य माओवादीद्वारा ४० बिघा जग्गा कब्जा

चितवन  :  माडीमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आज ४० बिघा जग्गा कब्जा गरेको छ । कलाकार किरण केसी ‘राता मकै’ लगायतको ट्वान्टी वान समूहले माडी नगरपालिका–२ को पौबारीमा गैरकानुनीरुपमा जमिन खण्डीकरण गरेको भन्दै माओवादीले सो जग्गा कब्जा गरेको हो । यसमा माडी नगरपालिकाका मेयर ठाकुर ढकालको पनि मिलेमतो रहेको पार्टीले आरोप लगाएको छ । नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष कृष्ण सुनारले जग्गा खण्डीकरण गरेर माडी नगरपालिकाको मेयरको मिलेमतोमा आर्थिक चलखेल भएको बताए । उनले भने, ‘ माडीमा दलाल र भूमाफियाहरुले मनपर्दीरुपमा गरेको जग्गा खण्डीकरण रोक्न पार्टीले जग्गा कब्जा गरेका हौं ।
यसैबिच, माओवादीले गाडेको झण्डा प्रहरीले हटाएको छ । ईलाका प्रहरी कार्यालय माडीको टोलीले पौवारीमा पुगेर झण्डा हटाएको हो ।