आजको मौसम : चार वटा प्रदेशमा भीषण बर्षाको सम्भवाना

आजको मौसम :  चार वटा प्रदेशमा भीषण बर्षाको सम्भवाना

काठमाडौँ  : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।हाल देशभर सामान्य बदली रही प्रदेश १ का केहि स्थानहरुमा र बाकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।