माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीहरुको टुंगो लगाउँदै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीहरुको टुंगो लगाउँदै

काठमाडौं  : आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य देव गुरुङ​ले जानकारी दिए ।

उनका अनुसार आजको बैठक मन्त्री छनोटका विषयमा केन्द्रित हुनेछ । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनर्मोचाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।

देउवाले सोही दिन काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएका थिए ।

यस्तै साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । थप १९ मन्त्रीको नियुक्तिमा एमालेको माधव नेपालको निर्णय र काँग्रेस, माओवादी र जसपाबीच शक्ति सन्तुलनमा ठोस सहमति नहुँदा ढिलाइ भएको देखिन्छ ।

आइतबारको स्थायी कमिटी बैठकमा माधव समूह औपचारिक रुपमा सरकारमा सहभागी नहुन नसक्ने प्रचण्डको ब्रिफिङ थियो । तत्काल नेपाल समूह नआउने भएपछि मन्त्रिमण्डललाई पूर्णता दिएर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।

यद्यपि आइतबार बसेको स्थायी कमिटीले पार्टीको सांगठनिक गतिविधिबारे निर्णय गरेको थियो । आजको बैठकबाट देउवा सरकारमा पठाउने मन्त्रीको टुंगो लाग्ने अनुमान छ ।