स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने

काठमाडौं  :  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने भएका छन् । श्रेष्ठले सरकारी सेवा सुविधा नलिने भन्दै घोषणा गरेका छन् ।

आज आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उनले बताएका छन् ।

शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । श्रेष्ठको नियुक्तिसँगै प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् ६ सदस्सीय बनेको थियो।