इच्छाकमना गाउँपालिका प्रवक्ता गुरुङद्वारा आफ्नो जन्मदिनमा मृगौला पीडितलाई ३० हजार सहयोग

इच्छाकमना गाउँपालिका प्रवक्ता गुरुङद्वारा आफ्नो जन्मदिनमा मृगौला पीडितलाई  ३० हजार सहयोग

कुरिनटार  :  चितवनको इच्छाकामना गाउँपालिकाका प्रवक्ता सावित्री गुरुङले मृगौला पीडितलाई नगद सहयोग गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनको अवसरमा गाउँपालिकाको वडा नं ७ निवासी मृगौला पीडित बीर बहादुर गुरुङको उपचारको लागि नगद ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

जन्मदिनको अवसरमा आर्थिक रुपमा विपन्न भएकाले उपचार गर्न कठिन भैरहेका पीडितलाई थोरै भनेपनि सहयोग पुगोस भनेर आर्थिक सहयोग गरेको प्रवक्ता गुरुङले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ वडा नम्बर ७ का वडाध्यक्ष बम बहादुर राना मगर लगायतको  उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

May be an image of 7 people, including Rajan Ghimire and people standing