कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

कक्षा १२  सहित  सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ।कोरोना संक्रमण फैलिँदै गएपछि सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ,‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु।’

कक्षा १२ को परीक्षा साउन ३२ गतेदेखि संचालन गर्ने मिति तय गरिसकेको थियो।