इच्छाकामनाका तीन सहित चितवनमा एकैदिन २२३ जनामा कोरोना पुष्टि,तीन जनाको मृत्यु

इच्छाकामनाका तीन  सहित चितवनमा एकैदिन २२३ जनामा कोरोना पुष्टि,तीन जनाको मृत्यु

चितवन  :  पछिल्लो २४ घण्टामा चितवनमा २२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ६९३ वटा पिसिआर परीक्षण र २०९ वटा एन्टीजेन परीक्षणमा २२३ जनामा पोजिटिभ देखिएको हो ।
कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा १५० जना, खैरहनी नगरपालिकामा १६, माडीमा,२६,रत्ननगरमा १२, राप्तीमा ७, कालिकामा ९ र इच्छाकामना गाउँपालिकामा ३ जना थपिएका हुन् ।

यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ३३२ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना संक्रमितको मृत्यु भएको छ । आज ३ जनाको मृत्यु भएसंगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४४ जना पुगेको छ ।