यस्तो बन्दैछ महाकवि सङ्ग्रहालय, कुनै भ्रममा नपर्न प्रतिष्ठानको आग्रह (विज्ञप्तीसहित )

यस्तो बन्दैछ महाकवि सङ्ग्रहालय,  कुनै भ्रममा नपर्न  प्रतिष्ठानको आग्रह (विज्ञप्तीसहित )

काठमाडौँ : महाकवि लक्षमीदेवकोटाको पुरानो घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको नेपाल -प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै देवकोटा परिवारका अनुसार २००० सालमा बनेको र सोही वर्षदेखि प्रयोगमा आएको उक्त घरको तेस्रो तला २०१४ सालमा थपिएको र विगत १५ वर्षदेखि प्रयोगमा नभएको र २०७२ सालको विनाशकारी भूकम्पबाट थप क्षतविक्षत भएको उक्त घर नेपाल प्रज्ञा–प्रतिष्ठानको हकभोगमा आएलगत्तै पटक पटक विशेषज्ञ प्राविधिकहरू र सरोकारवालाहरूसँग बसेर सबलीकरण गर्न सकिने÷नसकिने विषयमा स्थलगत अवलोकनसहित छलफल गरिएको जनाउँदै अवलोकन गर्दा भग्नावशेषमा परिणत हुन लागेको उक्त घरको गारोमा प्रयोग भएका धेरै इँटाहरू काँचा र टुक्रा भएको, सग्ला इँटा अत्यन्त कम मात्र भएको, त्यहाँ प्रयोग भएको काठ धमिराले खाएको र मक्किइसकेको, भित्र पस्दा तला तलामा भ्वाङ नै भ्वाङ भएको र भ्वाङ नभएका ठाउँमा समेत पाइला टेक्दा धसिने गरेको अनि उभिएका ठाउँमा समेत माथिल्ला तलबाट मक्किएका दलिन र माटो खस्ने गरेको त्रासपूर्ण अवस्थाको भएको जनाएको छ । त्यहाँभित्र पसेका प्राज्ञजन, देवकोटा परिवारजन, प्राविधिक इन्जिनियरहरू, सञ्चारकर्मी मित्रहरूलगायत सबैलाई घरको अवस्था बारे जानकार रहेको बताउँदै विभिन्न संचार माध्यममा आएको समाचार प्रति ध्यानाकर्षण समेत भएको जनाएको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले आज विज्ञप्ति जारी गरी सो सङ्ग्रहालय निर्माणबारे कुनै भ्रममा नपरी आवश्यक सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ ।

प्रतिष्ठानका अनुसार  काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा परिवारको नाममा मोहियानी हक रहेको उक्त घर ‘कविकुञ्ज’ र उक्त घरले चर्चेको १२ आना एक दाम जग्गा नेपाल सरकारको सहयोगमा देवकोटा परिवारलाई रु दुई करोड ५० लाख उपलब्ध गराई ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि प्रतिष्ठानको हकभोगमा ल्याइएको थियो ।

देवकोटा परिवारका अनुसार २००० सालमा बनेको र सोही वर्षदेखि प्रयोगमा आएको उक्त घरको तेस्रो तला २०१४ सालमा थपिएको थियो । विगत १५ वर्षदेखि प्रयोगमा नभएको र २०७२ सालको विनाशकारी भूकम्पबाट थप क्षतविक्षत भएको उक्त घर प्रतिष्ठानको हकभोगमा आए लगत्तै पटकपटक विशेषज्ञ प्राविधिकहरू र सरोकारवालाहरूसँग बसेर सबलीकरण गर्न सकिने÷नसकिने विषयमा स्थलगत अवलोकनसहित छलफल गरिएको थियो ।

“अवलोकन गर्दा भग्नावशेषमा परिणत हुन लागेको उक्त घरको गारोमा प्रयोग भएका धेरै इँटाहरू काँचा र टुक्रा भएको, सग्ला इँटा अत्यन्त कम मात्र भएको, त्यहाँ प्रयोग भएको काठ धमिराले खाएको र मक्किइसकेको, भित्र पस्दा तला तलामा भ्वाङ नै भ्वाङ भएको र भ्वाङ नभएका ठाउँमा समेत पाइला टेक्दा धसिने गरेको अनि उभिएका ठाउँमा समेत माथिल्ला तलबाट मक्किएका दलिन र माटो खस्ने गरेको त्रासपूर्ण अवस्थाको थियो”, विज्ञप्तिमा उल्लेख छ ।

उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्यस्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रस्तावित सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था हो । प्रस्तावित सङ्ग्रहालय भवन विभिन्न उमेर अवस्थाका अवलोकनकर्ताहरूलाई दृष्टिगत गरी सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गर्न लागिएको जनाइएको छ ।

सङ्ग्रहालय निर्माण गर्ने क्रममा प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको प्रतिमा राखिने छ । प्रतिमा स्थापना गरिएको क्षेत्रमा हरियालीयुक्त सानो उद्यानसमेत रहने छ । प्रतिमासँगैको पश्चिमतिरको भागमा पानीको फोहोरा रहने छ । विज्ञप्तिमा उल्लेख भए अनुसार परिसरमा अवलोकनकर्ताहरूले प्रयोग गर्ने दुई÷तीन वटासम्म हलुका सवारी साधन पार्किङ गर्न मिल्ने गरी व्यवस्था गरिने छ । सङ्ग्रहालयको भुइँतलामा स्वागत कक्ष, प्रतीक्षा कक्ष र देवकोटासँग सम्बन्धित श्रव्यदृश्य सामग्री रहने छन् । पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध भएसम्मका सामग्रीहरू रहने छन् ।

दोस्रो तलामा देवकोटाका प्रकाशित कृतिहरू, प्राप्त भएसम्मका अप्रकाशित पाण्डुलिपिहरू र स्वदेशी तथा विदेशी विद्वान्हरूद्वारा देवकोटाका विषयमा लेखिएका उपलब्ध भएसम्मका कृतिहरू÷शोधपत्रहरू रहने छन् । तेस्रो तला अर्थात् अन्तिम तलामा सङ्ग्रहालय अवलोकन गरिसकेपछि देवकोटाको जीवन, व्यक्तित्व र कृतित्वका विषयमा विचार–विमर्श, अन्तरक्रिया तथा गोष्ठी गर्न एउटा सभाकक्ष रहने छ । सो भवनमा अशक्त अवस्थाका अवलोकनकर्ताहरूका लागि लिफ्टको व्यवस्था गरिने जनाएको छ ।

प्रेस विज्ञप्ति
महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिवारबाट मोहियानी हक हस्तान्तरण भई नेपाल प्रज्ञा–प्रतिष्ठानका नाममा हकभोगमा आएको घर ‘कविकुञ्ज’ र प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूबाट आएका समाचारहरूका सन्दर्भमा यस प्रज्ञा–प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ३०, मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा परिवारको नाममा मोहियानी हक रहेको उक्त घर ‘कविकुञ्ज’ र उक्त घरले चर्चेको १२ आना १ दाम जग्गा नेपाल सरकारको सहयोगमा देवकोटा परिवारलाई रु. २ करोड ५० लाख उपलब्ध गराई ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानको हकभोगमा ल्याइएको बेहोरा सम्पूर्ण बौद्धिक जगत् र सञ्चार माध्यमहरूलाई अवगतै छ । उक्त घर–जग्गामा गुठी संस्थानको स्वामित्व यथावत् राख्दै मोहियानी हकभोग मात्र देवकोटा परिवारबाट नेपाल प्रज्ञा–प्रतिष्ठानमा आएको पनि जानकारी नै छ ।
देवकोटा परिवारका अनुसार २००० सालमा बनेको र सोही वर्षदेखि प्रयोगमा आएको उक्त घरको तेस्रो तला २०१४ सालमा थपिएको थियो । विगत १५ वर्षदेखि प्रयोगमा नभएको र २०७२ सालको विनाशकारी भूकम्पबाट थप क्षतविक्षत भएको उक्त घर नेपाल प्रज्ञा–प्रतिष्ठानको हकभोगमा आएलगत्तै पटक पटक विशेषज्ञ प्राविधिकहरू र सरोकारवालाहरूसँग बसेर सबलीकरण गर्न सकिने÷नसकिने विषयमा स्थलगत अवलोकनसहित छलफल गरिएको थियो । अवलोकन गर्दा भग्नावशेषमा परिणत हुन लागेको उक्त घरको गारोमा प्रयोग भएका धेरै इँटाहरू काँचा र टुक्रा भएको, सग्ला इँटा अत्यन्त कम मात्र भएको, त्यहाँ प्रयोग भएको काठ धमिराले खाएको र मक्किइसकेको, भित्र पस्दा तला तलामा भ्वाङ नै भ्वाङ भएको र भ्वाङ नभएका ठाउँमा समेत पाइला टेक्दा धसिने गरेको अनि उभिएका ठाउँमा समेत माथिल्ला तलबाट मक्किएका दलिन र माटो खस्ने गरेको त्रासपूर्ण अवस्थाको यथार्थ अनुभव त्यहाँभित्र पसेका प्राज्ञजन, देवकोटा परिवारजन, प्राविधिक इन्जिनियरहरू, सञ्चारकर्मी मित्रहरूलगायत सबैलाई भएकै छ ।
क्रमशः ….
उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । प्रस्तावित सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था हो । प्रस्तावित सङ्ग्रहालय भवन विभिन्न उमेर अवस्थाका अवलोकनकर्ताहरूलाई दृष्टिगत गरी सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गर्न लागिएको हो । सङ्ग्रहालय निर्माण गर्ने क्रममा प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको प्रतिमा राखिने छ । प्रतिमा स्थापना गरिएको क्षेत्रमा हरियालीयुक्त सानो उद्यानसमेत रहने छ । प्रतिमासँगैको पश्चिमतिरको भागमा पानीको फोहोरा रहने छ । परिसरमा अवलोकनकर्ताहरूले प्रयोग गर्ने दुई÷तीनओटासम्म हलुका सवारी साधन पार्किङ गर्न मिल्ने गरी व्यवस्था गरिने छ । सङ्ग्रहालयको भुइँतलामा स्वागत कक्ष, प्रतीक्षा कक्ष र देवकोटासँग सम्बन्धित श्रव्यदृश्य सामग्री रहने छन् । पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध भएसम्मका सामग्रीहरू रहने छन् । दोस्रो तलामा देवकोटाका प्रकाशित कृतिहरू, प्राप्त भएसम्मका अप्रकाशित पाण्डुलिपिहरू र स्वदेशी तथा विदेशी विद्वान्हरूद्वारा देवकोटाका विषयमा लेखिएका उपलब्ध भएसम्मका कृतिहरू÷शोधपत्रहरू रहने छन् । तेस्रो तला अर्थात् अन्तिम तलामा सङ्ग्रहालय अवलोकन गरिसकेपछि देवकोटाको जीवन, व्यक्तित्व र कृतित्वका विषयमा विचार–विमर्श, अन्तरक्रिया तथा गोष्ठी गर्न एउटा सभाकक्ष रहने छ । साथै भवनमा अशक्त अवस्थाका अवलोकनकर्ताहरूका लागि लिफ्टको व्यवस्था गरिने छ ।
अन्त्यमा नेपाल सरकारको सहयोग, महाकवि देवकोटा परिवारको सहमति र नेपाल प्रज्ञा–प्रतिष्ठानको सक्रिय पहल तथा व्यवस्थापनबाट महाकविको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई चिरस्मरणीय बनाउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माण प्रक्रिया अगाडि बढाउन सकिएको जानकारी गराउँदछौँ । यस सङ्ग्रहालयको निर्माणका सन्दर्भमा चासो र चिन्ता व्यक्त गर्ने सम्बद्ध सबैमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछौँ । साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको र उहाँले आधा जीवनभन्दा बढी समय व्यतीत गरेको तथा पुराताŒिवक सम्पदाका रूपमा रहेको काठमाडौँको धोबीधारास्थित मूल घरलाई समेत वास्तविक साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने गरी लाग्न देवकोटाप्रति सम्मान व्यक्त गर्ने लेखक÷साहित्यकार, बुद्धिजीवी, सम्पदा संरक्षण अभियन्ता, पत्रकारलगायत सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोधसमेत गर्दछौँ ।
………………………….
 (प्रा. जगत्प्रसाद उपाध्याय)                                    (गङ्गाप्रसाद उप्रेती)
          सदस्य सचिव                                              कुलपति
मिति : २०७८/०४/२२