माओवादी केन्द्र इच्छाकामना ५ को अध्यक्षमा रामप्रसाद बोहोरा र सचिवमा रामचन्द्र तिवारी

माओवादी केन्द्र इच्छाकामना ५ को अध्यक्षमा रामप्रसाद बोहोरा र सचिवमा  रामचन्द्र तिवारी

कुरिनटार :  चितवनको इच्छाकामनामा नेकपा मओवादी केन्द्रले संगठन पुर्नगठन अभियानलाई तीब्रता दिएका छन् । सो अभियान अन्तरगत वडा नम्बर ५ मा आज नयाँ कमिटी गठन गरिएको छ । आज भएको भेलाले रामप्रसाद बोहोरालाई अध्यक्ष र  राचन्द्र तिवारीलाई सचिवमा चयन गरिएको नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो । तामीनमा सम्पन्न भेलाले बोहोराको नेतृत्वमा २९ सदस्यीय कमिटी चयन गरिएको इन्चार्ज गुरुङले बताउनुभयो ।