कृषि तथा बन विज्ञान विश्वविद्यालयमा राजनीति नगर्न काङ्ग्रेस सचिव जोशीको चेतावनी

कृषि तथा बन विज्ञान विश्वविद्यालयमा राजनीति नगर्न काङ्ग्रेस सचिव जोशीको चेतावनी

इच्छा खबर:   कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुर प्रजातन्त्रबादी कर्मचारी सघमा ढुण्डी राज कंडेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ ।

संघको आज सम्पन्न तेस्रो अधिवेशनले कंडेलको नेतृत्वमा सर्वसम्मत कार्यसमिती चयन गरेको हो । कार्यसमितीमा बरिस्ठ उपाध्यक्षमा कृष्ण बहादुर गौतम, रामबहादुर परियार उपाध्यक्षमा चिन्तामणी गौतम, चन्द्र सापकोटा रहनु भएको छ । महासचिवमा प्रशान्त अधिकारी, सचिवमा अमृत विक, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ रहनु भएको छ।

अधिवेशन समारोहलाई सम्बोधन गर्दै चितवन काङ्ग्रेसका सचिव उत्तम जोशीले विश्वविद्यालय स्थापनाकालमा आफू जेल समेत गएको स्मरण गर्दै काङ्ग्रेसको भुमिका अतुलनीय रहेको बताउनु भयो । उहाँले विश्वविद्यालयमा राजनीतिक आस्था र विचारकै आधारमा पदाधिकारी नियुक्ति हुने गरेको भन्दै विश्वविद्यालय राजनीतिक भर्तिकेन्द्र हुन नहुने बताउनु भएको हो ।

उहाँले विश्वविद्यालयमा काङ्ग्रेसलाई निशेध गर्ने नीति लिएमा आफुहरु चुप नबस्ने चेतावनी दिनु भयो। इमानदारीपुर्वक, निडर रुपमा काम गर्न नया समितिलाई उहाले आग्रह गर्नु भयो । विश्वविद्यालयमा पछिल्लो समय देखिएका तालाबन्दी, आन्दोलन लगाएतका समस्याको काङ्ग्रेसको सरकारले हल गर्ने विश्वास व्यक्त गर्नु भ