कुरिनघाट नजिकै दुई मोटरसाइकल एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु

कुरिनघाट नजिकै दुई मोटरसाइकल एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु

कुरिनटार  :  चितवनमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ कुरिनघाट ननिजकै आज मध्यान्न १२ः३० बजे काठमाण्डौबाट मुग्लिन तर्फ आइरहेको बा४६प ३२० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट गइरहेको ग १६प ५५३१ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खादाँ ग १६प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङजाको पुतली बजार नगरपालिका ४ बस्ने बर्ष २६ को शुसिल पोखरेलको मृत्यु भएको हो । पोखरेलको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एब्म प्रहरी नायब उपरिक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परि दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा बा ४६प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुरको पौवादुङमा गाउँपालिका ४ बस्ने बर्ष २४ को सन्दिप बस्नेत र सोही मोटरसाइकल पछाडी सवार सोही स्थानका बर्ष २१ को जय कार्की रहेका छन् । दुबै घाइतेको अवस्था मध्याम रहेको र पुरानो मेडिक कलेज भरतपुरमा उपचार भइरहेको उहाँले बताउनुभयो । दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।