नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङले गरे पदभार ग्रहण

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङले गरे पदभार ग्रहण

काठमाडौं :  नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् ।

बुधबार दिउँसो नेपाल विद्युत् प्राधिकरणमा घिसिङले पदबहाली गरेका हुन् । बुधबार नै नियुक्ति पत्र बुझेलगत्तै घिसिङ विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेका थिए ।

उनलाई विद्युत् प्राधिकरणकाका कर्मचारीले स्वागत गरेका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

घिसिङ झन्डै ११ महिनापछि विद्युत् प्राधिकरणमा फर्किएका हुन् । घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए।

घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो ।