रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा

रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा

काठमाडौं  : नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन्।

उनले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन्। वर्तमान सरकार देश र जनताप्रति गैरजिम्मेवार, प्रतिशोधपूर्ण अराजनीतिक ढंगले स्थापित भएको आरोप लगाउँदै उनले विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर आफूले पदीय जिम्मेवारी निभाउन नसक्ने भएकाले राजीनामा दिएका राजीनामा पत्रमा उल्लेख गरेका छन्।

वर्तमान सरकारले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई स्पष्टीकरण सोधेको थियो।