जबरजस्ती करणी गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

जबरजस्ती करणी गरेको  आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

बुटवल  : महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख मनोज केसीले शुक्लालाई आज पक्राउ गरिएको जानकारी दिए ।

उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पटक–पटक दल परिवर्तन गर्दै आएका छन् । उनीविरूद्ध पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।