नेकपा माओवादी केन्द्र इच्छाकामना ७ को अध्यक्षमा ठूल कान्छा मगर

नेकपा माओवादी केन्द्र इच्छाकामना ७ को अध्यक्षमा ठूल कान्छा मगर

कुरिनटार :  नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँपालिका ७ को अध्यक्षमा ठूल कान्छा मगर चयन हुनुभएको छ । आज सम्पन्न भेलाले मगरको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी पुर्नगठन गरिएको हो । भेलाले सचिवमा कुमार मगरलाई चयन गरिएको छ ।


नेकपा माओवादी केन्द्र सचिवालय सदस्य तथा चितवन क्षेत्र नं.२ (क) को बागमती प्रदेश सदस्य घनश्याम दाहाल अविनास लगायतको उपस्थितिमा भेला सम्पन्न भएको हो ।

यसैबिच नेकपा माओवादी केन्द्र इच्छाकामनाको सात वटै वडामा वडा कमिटी पुर्नगठन कार्य सम्पन्न भएको नेकपा माओवादी केन्द्र चितवनका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले बताउनुभयो ।