गोरखाको शहिदलखन गापाले बनायो पाँच वर्षे आवधिक योजना

गोरखाको शहिदलखन गापाले  बनायो पाँच वर्षे आवधिक योजना

गोरखा :  शहिदलखन गाउँपालिकाले आगामि पाँच वर्षका लागि आवधिक योजना निर्माण सम्पन्न गरेको छ । दुइ दिन सम्म पालिकामा चलेको कार्याशाखाबाट योजना तयार भएको पालिकाले जनाएको छ ।

दुई दिने कार्यशालामा सामाजिक विकास , आर्थिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् ब्यवस्थापन एवम् सुशासन र संस्थागत क्षमता विकासतर्फको लक्ष्य, उदेश्य, कार्यनीति र कार्यक्रमका विषयमा छलफल भएको थियो ।

कार्यशालामा कन्सल्ट्यान्टले १५ दिनभित्र एकिकृत प्रतिवेदन प्रस्तुत गर्ने प्राप्त प्रतिवेदनलाइ पालिकामा छलफल गरेर एक हप्ता भित्र कन्सल्टयान्टलाइ पठाउने र त्यसलाइ आगामि आर्थिक वर्ष देखि पाँच वर्ष सम्मका लागि कार्यन्वयन गर्ने कार्याशालाले प्रस्ताव गरेको छ ।

कार्यक्रममा पालिका जनप्रतिनिधि, कर्मचारी र पालिकाभित्रका सामाजिक संघसंस्थाका प्रतिनिधिविच समूहगत छलफल भइ प्राप्त प्रतिवेदनलाइ प्रस्तुत गरिएको थियो ।

विभिन्न पाँच विषयगत क्षेत्रहरु आर्थिक , सामाजिक विकास ९शिक्षा, स्वास्थ्य, लैङ्गिकता तथा समावेशि,खानेपानी, युवा, खेलकुद तथा स्वरोजगार०, पूर्वाधार विकास, वन, वातावरण र विपद् ब्यवस्थापन र सुशासन तथा संस्थागत क्षमता विकासका विषयमा सहभागिहरुले आफ्ना विषय प्रस्तुत गरेका थिए ।

कार्याशालाले कृषि, पर्यटन र पूर्वाधारको दिगोपन, समृद्ध, सुसंस्कृत शहिद लखन भन्ने मुख्य नारा तय भएको छ ।

आवधिक योजना निर्माणमा प्राविधिक सहयोग पूर्णिमा परियोजना र सेवा परामर्श दाताका रुपमा सेमिड नेपालले सहयोग गरेको हो । कार्यक्रममा सेमिड नेपालका पुरुषोत्तम नेपाल लगायको समुहले सहजीकरण गरेको थियो ।

शहिद लखन गाऊँपालिका अध्यक्ष रमेश थापामगरको अध्यक्षतामा भएको कार्यशाला कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य सुरेन्द्र थापा, पार्टीका गाऊँपालिका अध्यक्ष मनोज जोशी, नेपाली काँग्रेसका खुनप्रसाद रेग्मी, नेकपा माओवादी केन्द्रका ध्रुव खनाल, जनता समाजवादी पार्टीका मनोज श्रेष्ठ, शिक्षा समिति सदस्य रमेशकुमार श्रेष्ठ, गाऊँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले मन्तव्य व्यक्त गरेका थिए ।