अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली आज काठमाडौं आइपुग्दै

अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली आज काठमाडौं आइपुग्दै

काठमाडौं :  अफगानिस्तानबाट उद्धार गरिएका नेपाली मंगलबार काठमाडौं आइपुग्दैछन्। अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १ सय २७ जना नेपालीलाई स्वदेश ल्याउन लागिएको हो। उनीहरु आज विहान साढे १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँमा अवतरण हुने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।